Skip This
टप एन्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेस्ट (तस्बिरहरू)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
संजित परियार काठमाडौं
२o८२ श्रावण २२ बिहीबार १५:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टप एन्ड टी-२० सिरिज खेल्ने टोलीको फिटनेस र फिजिकल टेस्ट (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १५:१o:oo

यही अगस्ट १४ देखि २४ तारिखसम्म अस्ट्रेलियाको डर्बिनमा हुने टप एन्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेस्ट भएको छ ।

बिहीबार बिहान सातदोबाटोस्थित स्पोर्टस् साइन्स एन्ड रिसर्च सेन्टर एन्ड हाई पर्फर्मेन्स सेन्टरमा फिटनेस र फिजिकल टेस्ट भएको हो ।

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रूपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललितनारायण राजवंशी रहेका छन्।

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी-२० आई शृंखला खेल्दै छ ।

 

3