मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण २१ बुधबार १o:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्झना भट्ट मृत्यु प्रकरण : शव महाकाली अस्पतालमा, श्रीमान्, सासूससुरा प्रहरी नियन्त्रणमा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १o:२४:oo

कञ्चनपुरको बेलडाँडी गाउँपालिका– २, सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा घरपरिवारका सदस्य पक्राउ परेका छन् । सम्झनाका श्रीमान् पवन, सासूससुरा किरण र हरिदत्त पनि पक्राउ परेका हुन् ।  घटनाकै दिन सम्झनाका श्रीमान् पवन पक्राउ परेका थिए, त्यसपछि सासू र ससुरालाई पनि पक्राउ गरेको कञ्चनपुर  प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले आत्महत्या दुरुत्साहनअन्तर्गत किटानी जाहेरीका आधारमा सम्झनाका श्रीमान्, सासुू, ससुरालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए । प्रवक्ता बोहराका अनुसार घटनास्थलदेखि सबै कोणबाट अनुसन्धान अघि बढाइएको बताए । १८ साउनमा घरकै झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिइन् । माइती पक्षले आत्महत्याजस्तो देखिने भए पनि हत्या भन्दै पोस्टमार्टम गर्न मानेको छैन । चार दिनदेखि सम्झनाको शव महाकाली अस्पतालमा राखिएको छ । सम्झनाले आफू बाँच्न नसकिने भन्दै आफन्तलाई म्यासेजदेखि घरमा कुटपिट हुने भन्दै गुनासो गर्दै आएकी थिइन् । 

भीमदत्त नगरपालिका– ६, ऐठपुर महेन्द्रनगरकी सम्झना र बेलडाँडी– २, सिहपाल टोलका  पवनकोे विवाह ६ महिना नबित्दै सम्झना सदाका लागि विलय भएकी छिन् । प्रेम सम्बन्धमा रहेका सम्झना र पवनको १८ फागुन ०८१ मा विवाह भएको थियो । विवाह भएको ६ महिना पनि पूरा नहुँदै सम्झना झुन्डिएर मृत फेला परेपछि माइती पक्षले घरपक्षमाथि मर्न बाध्य बनाएको भन्दै घटनाको छानबिन गर्नुपर्ने माग अघि सारेकाे छ । 

विवाहलगत्तै निरन्तर घरमा हुने झैझगडा र कलहकै कारण छोरी गुमाउनुपरेकोे माइती पक्षको भनाइ छ । सम्झनाका बाबु भोजराज भट्टले बिहे गरेपछि छाेरीलाई घरपरिवारले पटकपटक मानसिक तनाव दिने गरेको बताए । उनका अनुसार एक दिनअघि पनि इप्रका बेलडाँडीमा सम्झना र उनका श्रीमान् पवनलाई प्रहरीले सम्झाइबुझाई गरेको थियो । सम्झना आफ्नै घरमा झुन्डिएर मृत फेला परेपछि माइती पक्षले शरीरमा नीलडाम, घाउचोट भएकाले मर्न बाध्य बनाएको आशंका गरेकाे छ । ‘बिहे भएपछि छोरीलाई पटकपटक मानसिक तनाव र दुःख दिने काम गर्दै आएका  थिए,’ उनले भने, ‘छोरीले घरमा पनि यस्तै भन्दै आएकी थिइन्, शनिबारै घर आउन खोजे पनि सम्झनासँग एक हजार रुपैयाँ नहुँदा घर फर्किइनन्, बिहानै पनि प्रहरीले आएर झैझगडा नगर्न सम्झाइबुझाई गरेर पठाएको थियो, तैपनि छोरी बाँचिनन् ।’ 

सम्झनाकी बहिनी आरती भट्टले भिनाजुले अनावश्यक तनाव दिएकाले दुर्घटना घटेको बताउँदै न्यायका लागि आह्वान  गरेकी छिन् । उनले घरपरिवारबाट तनाव दिएकै कारण दिदीले यस्तो निर्णय लिएकोे बताइन् । एलबिए कक्षा १२ मा अध्ययनरत छोरी गुमाएपछि भट्ट  परिवार शोकमा डुबेको, सहपाठी विद्यार्थी सडकमा उत्रिएका छन् । बुधबार विद्यार्थीले सम्झनालाई न्याय दे भन्दै विद्यालयदेखि बजार हुँदै प्रहरी कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । सम्झनाका साथीहरूले समेत विवाहपछि मानसिक तनाव दिने  गरेको बताएका छन् । सम्झनाका  साथी सेजल कुँवरले  लभ गरेर विवाह गरेपछि श्रीमानले दुःख दिने  गरेको  गुनासो गर्दै आएको बताइन् । उनले श्रीमानले यत्तिकै दुःख दिने  गरेको आफूसँग गुनासो पोख्दै आएको, तर कहीँकतैबाट समस्याको समाधान नभएको बताइन् ।