मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण १८ आइतबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजस्व चोरी छलीविरुद्ध निर्मम बन्नु : डिआइजी पाल 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १६:५८:oo

सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी प्रमुख (डिआइजी) प्रदीप पालले सीमावर्ती क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नमातहतका निकायलाई निर्देशन दिएका छन्। 

आइतबार कञ्चनपुर झलारीमा रहेको सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणको २२औँ स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै डिआइजी पालले सीमावर्ती क्षेत्रमा हुने अवाञ्चित गतिविधि नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

पालले राज्यले सशस्त्र प्रहरीलाई दिएको सीमा सुुरक्षा, राजस्व चोरीछलीजन्य अपराध नियन्त्रणका लागि २४सै घण्टा खटिएर कामकाजमा खटिएको बताउँदै आगामी दिनमा समेत निरन्तर सीमादेखि जनताको जिउधनको सुरक्षामा खटिने बताए। 
‘यो शैलेश्वरी गणले सीमावर्ती क्षेत्रबाट हुने गैरकानुनी भन्सार चोरीछलीका १२ करोडका समान बरामद गरेको थियो, ‘उनले भने, ‘यसरी नै सशस्त्र प्रहरीले निरन्तर काम गर्छ।’ सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रणका साथै विपत् व्यवस्थापनका क्षेत्रमा समेत कामकाज गरिरहेको भन्दै उनले सुदूरपश्चिमको सीमा सुुरक्षाका लागि सशस्त्र प्रहरी अहोरात्र खटिएको बताए। 

सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले उपलब्ध स्रोतसाधन प्रयोग  गर्दै जिल्लाको सीमा सुुरक्षा, राजस्व चोरीछलीविरुद्धमा निरन्तर खटिएको बताए । एसपी भट्टले कञ्चनपुरमा सशस्त्र प्रहरीले नियमित कामकाजका साथै सामाजिक कामकाजसमेत गरिहेको बताए । 

सशस्त्र प्रहरी नम्बर ३५ शैलेश्वरी गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) शंकर धामीले वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट सशस्त्र प्रहरी, पूर्वसशस्त्र प्रहरीलाई सम्मान गरिएको बताए। साथै, आन्तरिक विद्यातर्फ उत्कृष्ट खेलाडीलाई समेत सम्मान पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा सुदूरपश्चिमको लोकसंस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख, समाजसेवीसहितको उपस्थिति रहेको थियो।