
प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणका लागि प्रस्थान गरेका छन्। भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी भ्रमणमा गएका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको टोली २३ साउनमा स्वदेश फर्कनेछ ।
प्रधानमन्त्री ओलीलाई सरकारका उपप्रधानमन्त्री, मन्त्री लगायत उच्चपदस्थ अधिकारीले विमानस्थलमा बिदाई गरेका थिए।