
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार पाँच सय रुपैयाँका दरले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार एक सयमा काराेबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।