
काठमाडौंमा शनिबार ‘तारापति भट्टराई स्मृति ग्रन्थ’ विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादव । तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्यलगायतले भट्टराई जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शक रहेको बताए ।
उनका समकालीन गोपीबहादुर गुरुङ, रामेश्वर पोखरेलले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईले खेलेको भूमिका र राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनबारे चर्चा गरेका गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाएको बाटो वर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राखे ।