मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंमा गुन्डागर्दीविरुद्ध आक्रामक बन्दै प्रहरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३९:oo

काठमाडौं उपत्यकामा गुन्डागर्दीविरुद्ध प्रहरी आक्रामक बनेको छ । १४ साउनमा ठमेलस्थित नगरकोट दोहोरी साँझमा दुई गुन्डा समूहबिच भएको झडपमा संलग्न पक्राउ परेका हुन् । 

कुलदीप चन्द, एसपी जिल्ला प्रहरी परिसर काठमाडौं
१४ साउनमा ठमेलस्थित दोहोरी साँझमा दुई गुन्डा समूहबिच झडप घटनामा संलग्न सानुभाइ भनिने युवराज समूहका तीनजनालाई भोलिपल्टै पक्राउ गर्‍यौँ । तर, फरार राजेन्द्र गुरुङलाई शनिबार पक्राउ गरेका छौँ ।

जिल्ला प्रहरीपरिसर काठमाडौंका एसपी कुलदीप चन्दले झडपमा संलग्न ओम्निया क्लबका राजेन्द्र गुरुङ तथा सानुभाइ भनिने युवराज समूहका युवराजसहित ३० वर्षीय रवीन्द्र गुरुङ र २६ वर्षीय दिलकुमार तुम्बापोलाई पक्राउ गरिएको जानकारी दिए । युवराज समूहका तीनजना १५ साउनमा र राजेन्द्र शनिबार पक्राउ परेका हुन् ।‘१४ साउनमा ठमेलस्थित दोहोरी साँझमा दुई गुन्डा समूहबिच झडप घटनामा संलग्न सानुभाइ भनिने युवराज समूहका तीनजनालाई भोलिपल्टै पक्राउ गर्‍यौँ । तर, फरार राजेन्द्र गुरुङलाई शनिबार पक्राउ गरेका छौँ,’ उनले भने ।

दुई वर्षअघि ठमेलस्थित ओम्निया क्लबका सञ्चालक राजेन्द्र समूहमाथि आक्रमण हुँदा प्रहरीले सानुभाइ उर्फ युवराज गुरुङ समूहलाई पक्राउ गरी हतकडी लगाएर ठमेल परिक्रमा गराएको थियो । तर, नुवाकोट ककनी गाउँपालिका– ५ का सानुभाइ भनिने युवराज र ओम्नियाका राजेन्द्र समूहबिच १४ साउनमा ठमेलस्थित नगरकोट दोहोरीमा जम्काभेट हुँदा झडप नै हुन पुगेको थियो । यो समूहबिच १५ असार ०८० को घटनाले उत्तेजित तुल्याएको थियो । र, परिस्थिति झडपमा बदलियो । 

को हुन् पक्राउ परेकाहरू ?
प्रहरीका अनुसार पक्राउ परेकामध्ये युवराज पटके अपराधी हुन् । उनी विगतमा इन्काउन्टरमा मारिएका कुमार घैँटे समूहमा संलग्न थिए । घैँटेको इन्काउन्टरपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गर्थे । उनलाई प्रहरीले ०७२ पुसमा गोली लोड भएको पेस्तोलसहित पक्राउ गरेको थियो । खनतलासी गर्दा उनी बुलेटप्रुफ ज्याकेटमा थिए । 

घैँटे मारिएपछि उनको समूह प्रहरीसँग बदला लिने योजनामा थियो । सोही क्रममा युवराजले आफ्ना लागि हतियारसहित बुलेटप्रुफ ज्याकेट बन्दोबस्त गरेका थिए । तर, प्रहरीले पक्राउ गरेपछि उनीहरूको योजना तुहिएको थियो । घैँटे ०७२ भदौमा लजिम्पाटमा मारिएका थिए । धरौटीमा छुटेका युवराज समूहले त्यसपछि पनि हप्ता असुली धन्दा छाडेन । उनको समूहले ०७८ मा नुवाकोटका निर्माण व्यवसायी जितबहादुर कार्कीलाई आक्रमण गरेको थियो । उनीविरुद्ध बलात्कार दुष्प्रयास अभियोग पनि छ । गोरखास्थित सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाँदा उनले एक महिलामाथि बलात्कार प्रयास गरेका थिए । पक्राउ गर्न खोज्दा आँखामा पेपर स्प्रे छर्किएर फरार भएका थिए । 

त्यस्तै, उनले ०७१ मा अर्का व्यवसायी डोलबहादुर घलेको आँखा नै फुटाइदिएका थिए । उनले ०६७ मा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठमाथि पनि आक्रमण गरेका थिए । हप्ता असुलीमा विवाद भएपछि उनले श्रेष्ठमाथि गोली नै प्रहार गरेका थिए । घटनामा श्रेष्ठ गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उनीविरुद्ध प्रहरीमा मात्रै विभिन्न नौवटा मुद्दा दर्ता भएका छन् । ओम्नियाका राजेन्द्र समूह भने आपराधिक पृष्ठभूमिका देखिँदैन । उनी लामो समय वैदेशिक रोजगारमा थिए । त्यसपछि उनी व्यवसाय गर्न ठमेलमा प्रवेश गरेका थिए । 

काठमाडौंपरिसरका अनुसार महारागन्ज क्षेत्रमा गुण्डागर्दी गर्ने चक्रे मिलन उर्फ मिलन गुरुङसहितका १९ जनाविरुद्ध अभद्र व्यवहारअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरूलाई प्रहरीले १६ साउनको मध्यराति महाराजगन्जस्थित होटेल साम्बालाबाट पक्राउ गरेको थियो । उनी त्यस दिन होटेल रिजर्भ गरी जन्म दिन मनाइरहेका थिए । होहल्ला गरी जन्मदिन मनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोहीक्रममा प्रहरी टोली होटेल पुगेको थियो । घटनामा ४८ जना पक्राउ परे पनि २९ जना भने साधारण तारेखमा छुटेका थिए ।