मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कलाम चितवन राइनोजको मुख्य प्रशिक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३२:oo

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चितवनले अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको शनिबार सोसल मिडियामा जानकारी दिएको हो । एनपिएलको पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली अहिले बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षकका रूपमा कार्यरत छन् । 

पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको चितवनले गत साता आफ्नो लोगो परिवर्तन गरेको थियो । पहिलो संस्करणको एनपिएलमा चितवन इलिमिनेटर खेलमा कर्णाली याक्ससँग पराजित हँुदै चौथो स्थानमा रहेको थियो । अली नेपाली राष्ट्रिय टोलीका पूर्वक्रिकेटर हुन् । उनीले एनपिएल अलावा घरेलु क्रिकेटमा विभिन्न टोलीका लागि यसअघि पनि प्रशिक्षक रहिसकेका छन् । अलीले एभरेस्ट प्रिमियर लिगमा पञ्चकन्या काठमाडौं किंग्स इलाभेनको प्रशिक्षकका रूपमा काम गरेका थिए । 

ज्ञानेन्द्र मल्ल नेपाल ‘ए’ टोलीका प्रमुख प्रशिक्षक हुँदा अली सहायक प्रशिक्षक थिए । उनले नेपालको महिला यू–२० टोलीको पनि प्रशिक्षक गरेका थिए । चितवनले मार्कीसमेत रहेका कप्तान कुशल मल्ललाई रिटेन गरेको छ । यसैगरी, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहोरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ । एनपिएलको मिनी अक्सन अर्को शनिबार हुनेछ ।