मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o५:५१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मनसुन सक्रिय हुँदा देशभर हुन थाल्यो वर्षा

आज मधेशका धेरै स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o५:५१:oo

खडेरी खेपेको तराई–मधेश क्षेत्रमा पनि राहत

  • शनिबार मधेशमा सबैभन्दा बढी रौतहटको गौरमा ५३.२ मिलिमिटर तथा सर्लाहीको परवानीपुरमा ४६.२, धनुषामा ४३, महोत्तरीमा ३२.६, सप्तरीको रूपनीबजार क्षेत्रमा ३१.४ मिलिमिटर पानी परेको छ । यद्यपि, खण्डवृष्टि भइरहेकाले कतै सुक्खा र कतै वर्षा भइरहेको छ ।

लामो समय नेपालभन्दा दक्षिणतर्फ रहेको मनसुनको न्यूनचापीय रेखा नजिक आउन थालेसँगै देशैभर वर्षा हुन थालेको छ । खासगरी पहाडी क्षेत्रमा दिनभर बादल लाग्ने र वर्षा हुने भइरहेको छ । खडेरी खेपिरहेको तराई मधेश क्षेत्रमा पनि वर्षा हुन थालेसँग राहत भएको छ । 

मौसम पूर्वामान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने बताइन् । ‘तीन दिन देशका धेरैजसो ठाउँमा वर्षा हुन्छ, कुनै ठाउँमा ठुलो पानी पनि पर्ने देखिन्छ । मधेश क्षेत्रमा पनि केही राहत त हुन्छ,’ उनले भनिन् । तर, रातदिनै झरी भने नपर्ने उनले बताइन् । 

पछिल्लो २४ घण्टामा मापन भएको वर्षाको तथ्याङ्कअनुसार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बागमतीका थोरै स्थान तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत मापन भएको छ । 

अन्य क्षेत्रको तुलनामा मधेस क्षेत्रमा कमै पानी परेको छ । मधेसमा सबैभन्दा बढी रौतहटको गौरमा ५३.२ मिलिमिटर पानी परेको छ । त्यस्तै, सर्लाहीको परवानीपुरमा ४६.२, धनुषामा ४३, महोत्तरीमा ३२.६, सिप्तरीको रुपनीबजार क्षेत्रमा ३१.४ मिलिमिटर पानी परेको छ । यद्यपि, खण्डित वर्षा भइरहेकाले कतै सुक्खा र कतै वर्षा भइरहेको छ ।  

‘आगामी २४ घण्टामा कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आगामी केही दिन मधेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएको छ,’ महाशाखाले बुलेटिनमा भनेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो कोशीका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । त्यस्तै, मधेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।