मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १६ शुक्रबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–चीनबिचको सम्बन्ध आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार २१:३८:oo

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच सदियौँदेखि गाँसेको सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताएका छन् ।

प्रचण्डले  संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा दुवै देशका जनतालाई आज शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । 

उनले भने, ‘यस अवसरमा म दुई देशका जनता र सरकारहरूलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछु ।’