
यो साता सेयर बजार परिसूचक नेप्से ६०.०१ अंकले बढेको छ । तीन हजार विन्दु पार गरेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा अन्तिम दुई दिन नेप्सेले ठुलो गिरावट व्यहोर्नुपर्यो ।
मंगलबार परिसूचक तीन हजार २.०७ विन्दुमा पुगेर एक वर्षयताकै उच्चतम विन्दुमा पुगेको थियो । तर, गत वर्षकै विन्दुमा नेप्से पुगेपछि अधिकांश कारोबारीले नाफा बुक गर्न खोज्दा अन्तिम दुई दिनमा नेप्से घट्यो ।
सेयर कारोबार हुने अन्तिम दुई दिन बुधबार र बिहीबार बजार परिसूचक ७९.४३ अंकले घटेको छ । बजार परिसूचक बिहीबार २९ सय २२.६३ विन्दुमा रोकिएको थियो । बजारमा सर्वाधिक कारोबार भने आइतबार भएको थियो ।
आइतबार २५ अर्ब ९६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । यो साता नेप्से पुँजीकरण ५० खर्ब नाघेर कीर्तिमानी कायम भएको छ ।