
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार १६ साउन बिहान १ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी २१ डलरले बढाएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् छ ।
नयाँ मूल्यअनुसार काठमाडौं अब पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजेल र मट्टीतेलकाे समान १५० पैसा पर्नेछ ।