मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १२ सोमबार
  • Monday, 28 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १२ सोमबार १४:२५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अभिमन्यु : च्याप्टर १ का पोस्टरमा खुसी र तनाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १२ सोमबार १४:२५:oo

चलचित्र अभिमन्यु : च्याप्टर १ को पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले आज चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोस्टरमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरसिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन् । यीमध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन् । कारण के हो त्यो भने खुलाइएको छैन ।

सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् । अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन् । यो पोस्टरको उद्देश्य कलाकारको लुक्स र थोरै कथाबारे हिन्स दिनु रहेको छ ।

अर्को पोस्टर जसमा चलचित्रका मुख्य दुई कलाकार छन् । जसमा कामेश्वर र लक्ष्मी छन् । कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन् । निकै खुसी झल्किएको दुवैको चेहरा र लक्ष्मीको गेटअपले उनीहरू नवविवाहित जोडीजस्तो देखिन्छन् ।

यी दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स क्रिएट गर्न खोजेको देखिन्छ ।

केही दिनअगाडि यो चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो । मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको थियो । पोस्टरले तनाव र खुसीमा रहेका पात्रलाई बाहिर ल्याएको छ ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्युहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयाेजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।