मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार १४:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र मन्त्रीका अनधिकृत स्वकीय हटाउन रुलिङ माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १४:४o:oo

प्रधानमन्त्री र मन्त्रीले अनधिकृत रूपमा राखेका स्वकीय सचिवहरूलाई हटाउन राष्ट्रिय सभामा रुलिङको माग भएको छ।

आइतबारको बैठकमा सांसद घनश्याम रिजालले अनधिकृत स्वकीय सचिव हटाउन, मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न र भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।

२०६८ भदौ २९ को मन्त्रिपरिषद्ले गरेको व्यवस्थाभन्दा बढी स्वकीय सचिवहरू नियुक्त गरेर स्वयं प्रधानमन्त्री र मन्त्रीहरूले नै कानुनलाई चुनौती दिएको जिकिर गर्दै उनले भने, ‘यसले सरकारको सुशासन र मितव्ययिताको नारालाई गिज्याइरहेको छ भने जनतामा चरम निराशा र आक्रोश बढाएको छ।’

सुशासन र मितव्ययिताको भाषण गरेर नथाक्ने सरकारले भ्रष्टाचारका अडियो सार्वजनिक हुँदासमेत मन्त्रीलाई छानबिनसमेत नभएकोमा सांसद रिजालले आपत्ति  जनाए।

‘सरकार सुशासन र मितव्ययिताको भाषण गरेर थाक्दैन, तर मन्त्रिपरिषद्कै सदस्यहरूको भ्रष्टाचार काण्डहरू सार्वजनिक भएका छन्। भ्रष्टाचार प्रकरणको अडियो सार्वजनिक हुँदा पनि भूमि व्यवस्था तथा सहकारीमन्त्रीलाई कारबाही त परको कुरा, कुनै छानबिनसमेत हुन सकेको छैन,’ उनले भने ।