मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
Invalid date format १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खडेरी प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३९:oo

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिले खडेरीका कारण प्रभावित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ। आइतबार प्रदेश समितिका अध्यक्ष बालकिशोरप्रसाद यादवले  विज्ञप्ति जारी गर्दै कृषि कर्जा मिनाहा गर्नुपर्ने लगायतका मागहरू अघि सारेका हुन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार प्रदेश समितिको बैठकले किसानहरूलाई २४ घण्टा निःशुल्क बिजुली उपलब्ध गराउन, बिजुली नपुगेका क्षेत्रमा डिजेलको व्यवस्था गर्न र कृषि कर्जा मिनाहा गर्नुपर्ने माग गरेको छ।

दीर्घकालीन समाधानका लागि जसपाले नदीबाट सिँचाइका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न, सोलार सिँचाइको व्यवस्था गर्न, चुरे संरक्षण गर्न र वन फँडानी रोक्न माग गरेको छ।

पार्टीले मानवीय व्यवहार र सरकारी गल्तीका कारण वातावरणमा नकारात्मक असर परेको समेत विज्ञप्तिमा औंल्याएको छ। पानीको सतह घटेर खानेपानीको समस्या भएको भन्दै वैकल्पिक माध्यमबाट पानीको व्यवस्था गर्न पनि माग गरिएको छ।