मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ११ आइतबार २३:१४:oo
Read Time : < 1 मिनेट
समाचार

एक वर्षमा २३९६ प्रहरीको राजीनामा, ४७५३ दरबन्दी रिक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार २३:१४:oo

नेपाल प्रहरीमा राजीनामाको लहर घटेको छैन। प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक गरेको एक तथ्याङकअनुसार २३९६ प्रहरीले राजीनामा दिएका छन्। पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएर प्रहरी अधिकारी वैदेशिक रोजगारीमा जाने गरेका छन्।

प्रहरीमा काम गरेकाले विदेशमा आकर्षक तलब पाउने भएकाले राजीनामा दिने प्रवृत्ति बढेको हो। प्रहरीले राजीनामा रोक्न प्रयास गरेपछि सकेको छैन । न्यून सेवासुविधा तथा कामको अत्याधिक भारका कारण पनि प्रहरीको जागिरप्रति आकर्षण कम भएको हो। 

राजीनामा दिनेमध्ये १९ जना सिनियर प्रहरी अधिकृत समेत छन्। त्यस्तै, चार सय १ जुनियर प्रहरी अधिकृत र १९४९ जवान तथा हवल्दार छन्।

राजीनामाकै कारण प्रहरीमा झन्डै ६ प्रतिशत पद रिक्त छन्। ७९ हजार पाँच सय ४१ दरबन्दीमा ४७३५ पद रिक्त रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिआइजी बिनोद घिमिरेले जानकारी दिए। रिक्तमध्ये २३७८ पदमा नयाँ भर्नाको प्रक्रिया अघि बढीसकेको उनको भनाई छ। 

हालको अवस्थाअनुसार २७ हजार नौ सय ३ जनशक्ति आवश्यक रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।