मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति र विचारका आधारमा मात्रै कम्युनिस्ट एकता हुनुपर्छ: प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिस्ट एकता हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्म शताब्दी तथा ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दलाल पुँजीवादको पक्षपोषण नगरी त्यसविरुद्ध संघर्ष गर्ने वाम शक्तिबिच एकता हुन सक्ने बताए।

म पनि कम्युनिस्ट एकताको पक्षपाती हो। तर, विगतबाट पाठ सिक्नुपर्छ, नीति र विचारमा एकता हुनुपर्छ, अध्यक्ष दाहालले भने, दलाल, पुँजीवादका विरुद्ध एक हुने संकल्प गर्नु पुष्पलालप्रति सम्मान हो, कम्युनिस्ट एकता त्यहीँबाट सुरु हुन्छ । पुष्पलालले अघि सारेका विचारबाट निर्देशित हुने र त्यसको अनुसरण गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

पुष्पलालले सही विचार, सही राजनीतिक रणनीतिसहित कार्यशैली र आचरणको आधारमा एकता भन्नुभएको हो, पुष्पलाल कम्युनिस्ट नामको साइनबोर्डका आधारमा एकताको पक्षमा हुनुहुन्थेन, अध्यक्ष  दाहालले भने, अमूर्त कुराले एकता टिक्दैन, हुँदैन । कम्युनिस्टहरूसँग एकता हुन्छ, कम्युनिस्टविरोधीसँग कसरी एकता हुन्छ ? त्यो त विगतमा देखियो नि ।

अध्यक्ष दाहालले विगतको वाम एकतालाई जनता र कम्युनिस्ट कार्यकर्ताहरूले अनुमोदन गरे पनि त्यो एकता नसिकेको उल्लेख गर्दै यसको उत्तर नखोजी एकता हासिल नहुने बताए। आजको अन्तर्राष्ट्रिय शक्ति सन्तुलन परिस्थिति आजको राष्ट्रिय परिस्थिति क्षेत्रीय परिस्थिति उत्पादक शक्तिको विकासको अवस्था जनताको बिचको उत्पादन सम्बन्ध र त्यसबाट मानिस मानिसबिचको सम्बन्धको अवस्थाबारे विश्लेषण नगरी एकता हुँदैन रैछ, उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रैले कम्युनिस्ट एकता नहुने उल्लेख गर्दै एकताका लागि सही विचार र नीति आवश्यक रहेको बताए । अबको लक्ष्य वैज्ञानिक समाजवाद हुनुपर्छ, वैचारिक, राजनीतिक, सांगठनिक पुनर्गठन आवश्यक छ, बलियो कम्युनिस्ट पार्टीले मात्रै मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्न सक्छु, नेता खनालले भने।

सो अवसरमा अध्यक्ष दाहाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता खनाललगायतले लेखक लोककृष्ण भट्टराईको पुस्तक ‘निर्वासन’ लोकार्पण गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै एमाले नेता कैलाश ढुंगेलले पुष्पलालको सम्पूर्ण जीवनचक्र पुस्तकमा समेटिएको बताए।