मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ११ आइतबार १o:४५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार १o:४५:oo

सन् १९५३ : राष्ट्रसंघ, कोरिया र चीनका प्रतिनिधिद्वारा कोरियाको पानमुजोममा सम्झौता । 

सन् १९८० : इरानका अन्तिम साह मोहम्मद रेजा साह पहल्भीको इजिप्टको राजधानी कायरोमा निधन । 

सन् १९८५ : युगान्डाको सेनाले राष्ट्रपतिलाई ‘कु’ गरेको दिन । युगान्डाका सैन्य अधिकारी लुत्वा ओकेलाले तत्कालीन राष्ट्रपति मिल्टन ओबोटेविरुद्ध ‘कु’ गरेका थिए । ६ महिनापछि उनलाई वर्तमान राष्ट्रपति योविरी मुसेभेनिलीले सत्ताच्युत गरेका थिए ।

सन् १९९६ : एट्लान्टा ओलम्पिकमा अतिवादी हमला । सन् १९९६ मा आजकै दिन एट्लान्टाको ओलम्पिक सेन्टेनियल पार्कमा पाइप बम विस्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै १११ जना घाइते । पश्चिम जर्मनीको म्युनिखमा सन् १९७२ मा ओलम्पिक सुरु भएपछिको पहिलो अतिवादी हमला भएको थियो ।

सन् २०१२ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयद्वारा सन् २०१२ मा लन्डनमा आयोजित ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन । लन्डनले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेको यो तेस्रोपटक थियो । समारोहलाई आइल्स अफ वन्डर भनिएको थियो ।