मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेतमा पानी लगाउने क्रममा खोलाले बगाएर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

काभ्रेपलाञ्चोकमा धान खेतमा पानी लगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका-१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ। शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोशी नदीमा भेटिएको हो  

भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।