मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १९:२९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब एक करोडको बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १९:२९:oo

जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३ अर्ब एक करोड ९ हजार ४६३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमहानगरको १३औँ नगरसभाबाट सोमबार उपप्रमुख किशोरी साहले प्रस्तुत गरेको बजेटमा चालूतर्फ एक अर्ब ६० करोड ११ लाख ३८ हजार ४६३ र पुँजीगततर्फ एक अर्ब ४० करोड ८८ लाख ७१ हजार विनियोजन गरिएको छ। जसमध्ये चालूतर्फको ५० करोड रकम सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको छ।

आव ०८१/८२ मा उपमहानगरले चालूतर्फ ८० प्रतिशत, पुँजीगततर्फ ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७१ प्रतिशत प्रगति भएको जनाएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी न्यूनीकरण, ग्रामीण विद्युतीकरण, हरित सहरलगायतका योजनालाई केन्द्रमा राखेर आगामी आवको बजेट ल्याइएको उपप्रमुख किशोरी साहले बताए। बजेटले उपमहानगरपालिकाको चौतर्फी विकासमा टेवा पुग्ने उनको दाबी छ।

यसअघि ९ असारमै मेयर मनोजकुमार साहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।