मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
सौरभ यादव राजविराज
२o८२ असार ३० सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज नगरपालिकामा थुनिए कार्यवाहक नगरप्रमुखसहितका व्यक्ति‌

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार १४:oo:oo

सप्तरीको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन्। नगरपालिकाको गाडीले ठक्कर दिए घाइते बनाएका बोदेवरसाइनका पीडितका आफन्तले नगरपालिका कार्यालयमा तालाबन्दी गर्दा उनीहरू कार्यालयभित्रै थुनिएका छन्।

नगरपालिकामा पटकपटक आन्दोलन गर्दा उनीहरूले आश्वासन मात्र पाएपछि सोमबार कार्यालय सञ्चालन रहेको अवस्थामा बाहिरबाट तालाबन्दी गरेपछि उनीहरू भित्र थुनिएका हुन्। 

सप्तरीको बोदेवरसाइन नगरपालिका– १ का १६ वर्षीय राजेशकुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरू नगरपालिकाको मूल गेटमा धर्ना बसेका हुन् ।

घटनाको महिनौँ बितिसक्दासमेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुःखेसो सुनाए । 

२०८१ माघ १ गते बोदेबसराइन नगरपालिका– ५ स्थित सडकखण्डमा राजविराज  नगरपालिकाको गाडीको ठक्करबाट  बोदेबसराइन नगरपालिका– १ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएको राजेशका काका बैधनाथ यादवले बताए । 

अजितको राजविराजस्थित छिन्नमस्त अस्पतालमा उपचार गरी घर फर्किए पनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको उनले जानकारी दिए । नब्बे दिन आइसियूमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएको उनले बताए । 

अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि संघर्ष समिति बनाएर क्षतिपूर्तिका लागि नगरपालिकामा‌ पटकपटक आन्दोलन गरिरहेका छन्। तर, उनीहरूले पटकपटक यहाँ आश्वासन मात्र पाउने गरेको बताए।