मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो सेयर बजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ। 

आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता सेयर आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिद–बिक्री भए।

यस दिन माईखोला हाइड्रो र हिमालय हाइड्रोका लगानीकर्ताले कमाए भने सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्तका लगानीकर्ताले गुमाए। ४० करोड ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार गरी एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रह्यो।  

नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से सूचकमा गिरावट आएको हो।