मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

 महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्विनीकुमार ठाकुर नियुक्त भएका छन् । २० असारमा बसेको बैंकको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनले आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबिच पदबहाली गरेका छन् । ठाकुरको विगतको अनुभवले समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बिमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान)को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेसनल बैंकिङ इन्स्टिच्युटलगायतका संगठित संस्थाहरूको बोर्ड सदस्यको जिम्मेवारीमा रही काम गरेको अनुभव छ ।