१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फरवार्डले गर्‍यो विपन्न बेरोजगारलाई सफारी हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले विपन्न समुदायका १० जनालाई सिटी सफारी वितरण गरेको छ । फरवार्ड माइक्रो फाइन्नान्सको खनार सुनसरी शाखाले स्वरोजगार प्रवर्द्धनमार्फत गरिबी न्यूनीकरणमा योगदानसमेत पुर्‍याउने उद्देश्यसहित सफारी वितरण गरेको जनाएको छ ।

आर्थिक रूपमा कमजोर युवालाई तालिमसमेत प्रदान गरेर सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी दिएको कम्पनीले जनाएको छ । फरवार्ड माइक्रो फाइनान्सले श्री गणपति पिजी एन्ड सप्लायर्स कम्पनी विराटनगरसँग खरिद गरेर युवालाई वितरण गरेको हो । प्रतिसफारी दुई लाख ६५ हजार खरिद मूल्य रहेको संस्थाले जनाएको छ । 

फरवार्ड माइक्रो फाइनान्सका कर्जा विभाग प्रमुख वचनकुमार चौधरी र खनारका शाखा प्रमुख सिमलाकुमारी चौधरीले संयुक्त रूपमा ग्राहकलाई सफारी हस्तान्तरण गरे । यस कार्यले बेरोजगारीलाई स्वरोजगार बनाउनुका साथै परिवार चलाउन सहज हुने संस्थाले जनाएको छ ।