१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ असार २३ सोमबार १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा एम्बुलेन्स र विंगर ठोक्किँदा एकजनाको मृत्यु, १२ घाइते

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १९:५६:oo

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगे जंगलमा एम्बुलेन्स र विंगर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

आज सोमबार अपराह्न ४ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी ९५ वर्षीया ईन्द्रकला रानाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। अर्घाखाँचीबाट बुटवल जाँदै गरेको एम्बुलेन्स र बुटवलदेखि चन्द्रौटातर्फ जाँदै गरेको लु १ ज ४२८० नम्बरको विंगर एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ।

घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्य घाइतेहरूको कपिलवस्तु वाणगंगास्थित सामुदायिक अस्पताल, युनाइटेड हस्पिटल र सी एन्ड सी हस्पिटल चार नम्बरमा उपचार भइरहेको प्रहरीले बताएको छ।