
प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की नियुक्त भएका छन् । १९ असारमा बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । यसअघि अर्याल कुमारी बैंकका सिइओ थिए ।