१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Monday, 07 July, 2025
२o८२ असार २२ आइतबार २२:१o:oo
Read Time : < 1 मिनेट
समाचार

अखाद्य तेल र मिनीट्रकसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार २२:१o:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्पनजिकबाट प्रहरी टोलीले अखाद्य तेलजन्य पदार्थसहित एक मिनी ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको नेतृत्वमा खटिएको टोलीले फत्तेपुरनिवासी २१ वर्षीय सुवास चौधरीलाई ना१क २८३६ नम्बरको मिनी ट्रकमा चोरीका तेलजन्य पदार्थ लोड गरिरहेको अवस्थामा फेला पारेको हो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन आले नामक व्यक्तिद्वारा सञ्चालनमा रहेको ग्यारेज पछाडिको खाली जग्गामा ट्याङ्करबाट चोरी गरिएका तेलहरू ट्रकमा लोड गरेर बेचबिखन गर्ने काम भइरहेको थियो । प्रहरीले घटनास्थलबाट पाँच हजार ७९५ लिटर वनस्पति तेल जस्तो देखिने अखाद्य पदार्थ, १,००० लिटर पेट्रोल, ६०० लिटर डिजेल र ६०० लिटर मट्टितेल बरामद गरेको छ । विभिन्न ड्रम र ग्यालेनमा राखिएका तेलजन्य पदार्थहरूको कूल परिमाण ७,९९५ लिटर रहेको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताएका छन् । प्रहरीले यसलाई गम्भीर आर्थिक अपराधको रूपमा लिँदै अनुसन्धानलाई तीव्रता दिएको छ ।