१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागार्जुनका तत्कालीन मेयर बस्नेतलाई आठ वर्ष तीन महिना कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेतलाई आठ वर्ष तीन महिना कैद सजाय हुने भएकाे छ।

विशेष अदालतले बस्नेतलाई भ्रष्टाचारको कसुरमा आठ वर्ष तीन महिना र सम्पत्ति शुद्धीकरणमा तीन वर्ष ३ महिना १८ दिनको कैद सजाय तोकेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले उनको सजाय सुनाएकाे हो।

अदालतले बस्नेत, पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीको अध्यक्ष/सञ्चालक राजुप्रसाद कँडेललाई भ्रष्टाचार कसुरमा दुई करोड ३० लाख ६१ हजार जरिबाना, बिगो (नौ करोड २२ लाख ४६ हजार)को दामासाहीले चारै प्रतिवादीबाट जनही बिगोबराबरको रकम जफत गर्न भनेको छ।

उक्त कसुरमा बस्नेत र कँडेललाई आठ वर्ष कैद तथा नगरपालिकाको प्रमुखजस्तो ओहोदामा रहेर भ्रष्टाचार गरेको कसूरमा बस्नेतलाई थप तीन महिना कैद सजाय हुने अदालतको ठहर छ।

यसैगरी, सम्पत्ति शुद्धीकरणतर्फ तीन वर्ष कैद र बिगोको दोब्बर (२६ करोड २५ लाख ४६ हजार रुपैयाँ) जरिबाना तोकिएको छ। यसका अतिरिक्त बस्नेतलाई सम्पत्ती शुद्धीकरण (मनि लाउनडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा थप १० प्रतिशत सजाय सुनाइएकाे छ। जसअनुसार थप ३ महिना १८ दिन कैद र दुई करोड ६२ लाख ५४ हजार रुपैयाँ जरिवाना हुनेछ।

साथै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम बस्नेतबाट एक करोड पाँच लाख एक हजार रुपैयाँ, पद्मा कोलोनी, पद्मा मर्चेन्ट कम्पनी र कँडेलबाट जनही नौ लाख २२ हजार रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको छ।