१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १५ आइतबार १९:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखराले कुशल भुर्तेलसहित सात खेलाडीलाई निरन्तरता दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १९:२१:oo

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गरेको छ। 

पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ति जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो। भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन्। रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याट्सम्यान हुन्।

पोखराले पहिलो संस्करणमा खेलेका दिलीप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्याललाई भने रिलिज गरेको छ।

एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन पोखराले आफ्नो टिममा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी गरेको छ। ‘हामी प्रख्यात विदेशी क्रिकेटरहरूसँग संवाद गरिरहेका छौँ। टिमलाई बलियो बनाउन हामी प्रख्यात क्रिकेटर ल्याउनेछौँ। यसले एनपिएलको पनि गरिमा बढाउने विश्वास छ,’ त्रिपाठीले भने।

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा एनपिएलको दोस्रो संस्करण नोभेम्बरमा हुने उल्लेख छ। यद्यपि, हालसम्म औपचारिक रूपमा निश्चित मिति भने सार्वजनिक गरिएको छैन।