
एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले हराएको छ।
उज्वेकिस्तानको तास्केन्तमा नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्। उनको नाममा ५ गोल रह्यो। यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए।
एएफसी एसियन कप छनोट २०२५ को समूह ‘एफ’मा नेपाल र लाओससँगै उज्वेकिस्तान र श्रीलंका छन्। समूहको शीर्ष एक टोली अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछन्।