
काठमाडौं महानगर प्रहरी बलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई आफूसँग भएको विपत् व्यवस्थापनसँग सम्बन्धित उद्धारमा प्रयोग हुने उपकरणहरूको ब्रिफिङ प्रदर्शन गरेको छ । काठमाडौंको सुन्धारास्थित बागदरबारमा रहेको महानगर प्रहरी बलको कार्यालयपरिसरमा गरिएको प्रदर्शनमा विपतको वेलामा कोसँग के सामान छ भन्ने थाहा नहुँदा उद्धार गर्न समस्या भएको र यस्तो खाले समन्वयले उद्धारमा सजिलो हुने महानगरले जनाएको छ ।
यो कार्यक्रमले तीनवटै सुरक्षा संगठन र महानगरबिचमा समन्वय हुने विश्वास महानगरले लिएको छ । महानगरसँग भएको सामानहरू विपतकाे वेलामा एक–अर्काले प्रयोग गर्न पनि पाउनेछन् ।