१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ११ बुधबार १२:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असार १३ गतेलाई डाक्यो एकीकृत समाजवादीले सचिवालय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १२:३१:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १३ गते सचिवालय बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको बजेटमा पार्टीको दृष्टिकोण, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालू अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा पार्टीमातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई गत जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दाका प्रतिरक्षामा पार्टीका तर्फबाट भएका अनुसन्धानबारे छलफल गरिने कार्यसूची छ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने उपप्रमुख अर्यालले जानकारी दिए।