१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format o८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवल–नारायणगढको वैकल्पिक सडक पनि बाढीले अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, दुम्कीबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको दुम्कीबास–सर्दी–होङ्सी सिमेन्ट गेट पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।  

सोमबार बिहान वर्षाले विनयी त्रिवेणी गाउँपालिका– ३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढ्न गाई कुनै पनि प्रकारको सवारीसाधन आवत–जावन गर्न नसक्ने अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।  

प्रहरी नायब उपरीक्षक नेपालका अनुसार डाइभर्सन बगेपछि होल्डमा रहेका साना तथा मध्यम सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरेर कटाइएकोमा बाढीले भित्री सडकखण्ड अवरुद्ध भएपछि होल्डमा रहेका सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ।