१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ९ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जा उद्यमीको ‘टेक एन्ड पे फिर्ता गर’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १o:१६:oo

 सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एन्डे पे’ (लेउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमी सामाजिक सञ्जालमा आएका छन् । ऊर्जा उद्यमीले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पिपिएमा टेक एन्ड पे प्रावधान फिर्ता लिन आग्रह गरेका छन् ।

यसअघि गत शुक्रबार प्रधानमन्त्री केपी ओलीलालाई भेटेर ज्ञापनपत्र बुझाएका प्रवद्र्धकहरूले शनिबार प्रधानमन्त्री ओलीसहित, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौँ एसएमएस गरेर टेक एन्ड पे प्रावधान फिर्ता लिन आग्रह गरिसकेका छन् ।