१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ९ सोमबार १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा सांसदले भेटे भारतका पूर्वउपराष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १४:o९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भारतका पूर्वउपराष्ट्रपति एम वेंकैया नायडुसँग शिष्टाचार भेट गरेका छन्।

प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बेंग्लोर पुगेका सांसदद्वय सोविता गौतम र हरि ढकालले सोमबार पूर्वउपराष्ट्रपति नायडुसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा भारतमा रहेका प्रवासी नेपालीको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयाम तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयमा संवाद भएको सांसद गौतमले जानकारी दिइन्। सो अवसरमा आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानबारे समेत संक्षिप्त जानकारी गराएको उनले बताइन्।

यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याउने रास्वपाको विश्वास छ।