१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका संखुवासभा
Invalid date format o८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दामा  फरार भएको २१ वर्षपछि तामाङ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
Invalid date format o८:१३:oo

कर्तव्य ज्यान मुद्दामा फरार भएको २१ वर्षपछि एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका– ९ का ६२ वर्षीय दुर्गाबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार २२ चैत ०६१ मा भोजपुर जरायोटार– ४ का ३६ वर्षीय परशुराम विश्वकर्मालाई कर्तव्य गरी मारी तामाङ फरार रहेका थिए । 

पुनरावेदन अदालत धनकुटाले १७ असार ०६९ मा दुई वर्षको कैद फैसला सुनाएपछि उनी फरार थिए । गाउँ फर्की लुकीछिपी बसिरहेको भन्ने विशेष सुराकीका आधारमा आइतबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनलाई जिल्ला अदालतबाट आइतबार नै म्याद थप गरी कैद भुक्तानका लागि जिल्ला कारागार खाँदबारी चलान गरिएको छ ।