
नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएर देशका ७० जिल्लामा पाइला राखिसकेका मिसन सिबिरिगोले कास्कीको कोरिमा छायांकन गरिएको नयाँ म्युजिकल फिल्म ‘बतासजस्तै’ सार्वजनिक गरेका छन्।
सिक्लेस गाउँ र कोरिका रमणीय दृश्यहरू समेटिएको भिडियोमा अहिलेको पुस्ताले आफ्ना घर–परिवार र माटो छोडेर परदेसिनुपरिरहेको अवस्थालाई प्रस्तुत गर्न खोजिएको छ।
भिडियोमा कलाकार जुना गुरुङ र बाल कलाकार नियति गुरुङको अभिनय छ भने संवाद, अभिनय तथा अवधारणा स्वयं सिबिरिगोको रहेको छ। गीतमा गायिका सुनीता थेगिमको स्वर, मविन्द्र राईका शब्द तथा संगीत र अनिल के मानन्धरको निर्देशन रहेको छ।
भिडियो ‘ब्याकप्याकर फिल्म नेपाल’ युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।