१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार १९:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन सवारी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो 

एकै परिवारका तीनसहित हेटौँडाका पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १९:२o:oo

चितवनमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातमध्ये ६ जनाको पहिचान खुलेको छ। घटनामा २४ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये पाँचजना मकवानपुरको हेटौँडाका रहेका छन्। जसमध्ये एकैघरका तीनजना छन्।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१७ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौँडा–५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल रहेका छन्। यस्तै, माइक्रोबसचालक हेटौँडा–१० का राजु थिङको पनि मृत्यु भएको छ। 

दुर्घटनमा परी अर्का एकजना रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारीको मृत्यु भएको छ। मृतकमध्येकै एकजना महिलाको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिए।

उनका अनुसार चितवनको राप्ती नगरपालिका–४, डडुवास्थित पूर्व-पश्चिम राजमार्गअन्तर्गत आज बिहान यात्रु बस र इभी माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमा पाँच र उपचारका क्रममा  दुईजनाको मृत्यु भएको हो। धनगढीबाट काँकडभिट्टातर्फ जान गुडेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको इभी माइक्रोबस ठक्कर खाँदा दुर्घटना भएको प्रवक्ता खनालले बताए ।