१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा २८ सयले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४८:oo

यो साता नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार तोलामा एक लाख ९७ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार एक लाख ९४ हजार सात सय कायम भयो ।

यो पहिलो दिनको तुलनामा दुई हजार आठ सय रुपैयाँले कम हो । अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने संकेत गर्दा आर्थिक वृद्धिलाई टेवा पुग्ने आकलन भएकाले सुनको भाउ घट्न पुगेको विश्लेषकको भनाइ छ ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले भने नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक हजार आठ सय ५६ रुपैयाँ रहेकोमा बुधबार भने हालसम्मकै उच्च प्रति १० ग्राम एक हजार नौ सय सात रुपैयाँ ५० पैसा कायम भयो । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम एक हजार आठ सय ४३ रुपैयाँ ५० पैसा कायम रह्यो ।