१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ जेठ २६ सोमबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घरमा आगलागी हुँदा सात लाख ५० हजारबराबरको क्षति

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार ११:४३:oo

संखुवासभाको सभापोखरी गाउँपालिकामा एक घरमा आगलागी  हुँदा सात लाख ५० हजारबराबरको क्षति भएको छ । हिजो बेलुकी करिब साँझ ७ बजेतिर स्थानीय सभापोखरी– ६, तामिङ बस्ने २९ वर्षीय सुवास राईको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

राईको ढुंगा, माटो र फुसको छानो भएको दुईतले कच्ची घरमा सोलारको तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

घर पूर्ण रूपमा क्षति भएको छ भने घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा जलेर नष्ट भएको हो । आगलागीबाट मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन ।