१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार १४:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंक एनपिएस तथा नेपाल पे कार्डमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १४:o४:oo

नेपाल एसबिआई बैंक लिमिटेडले नेसनल कार्ड स्विच (एनपिएस) तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका थिए।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, सल्लाहकार छविराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याललगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
यस सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपाल पे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्विच एकीकृत गर्न सक्नेछ।