
बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा शुक्रबार दिउँसो लागेको भीषण आगलागीबाट १९ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आइतबार सार्वजनिक भएको छ ।
बुढीगंगा नगर प्रमुख रामबहादुर बानियाँले हालसम्म १९ करोड ६ लाख ४० हजार ९९९ रुपैयाँबराबरको क्षतिको विवरण संकलन भएको बताए । आगोले २० वटा पसल पूर्ण रूपमा र आंशिक रूपमा १४ पसल जलेका छन् ।
आगलागीपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ भने बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाले एक/एक लाख, त्रिवेणी नगरपालिकाले १० लाख र बुढीगंगा नगरपालिकाले पाँच लाख सहयोग गरेका छन् ।