१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

श्वास–प्रश्वाससम्बन्धी समस्या भएपछि मोहन वैद्य अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:५३:oo

श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई अस्पताल भर्ना गरिएको छ । एक सातादेखि उनी अस्पतालमा उपचाररत छन् । उनी १८ जेठदेखि शिक्षण अस्पतालमा उपचाररत रहेको कार्यवाहक महासचिव गौरवले जानकारी दिए । वैद्यको स्वास्थ्य अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

‘नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक हाम्रो पार्टीका महासचिव मोहन वैद्य श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि गत जेठ १८ गतेदेखि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ,’ कार्यवाहक महासचिव गौरवले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।