१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २४ शनिबार २३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

हमासले अपहरण गरेका थाई नागरिकको शव भेटियो, विपिन जोशीको अवस्था अझै अज्ञात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार २३:२९:oo

२० महिनाअघि हमास समूहले इजरायलमा आक्रमण गरी  अपहरण गरिएका थाई नागरिकको शव भेटिएको छ। उनीसँगै अपहरणमा परेका नेपालका विपिन जोशीको अवस्था भने अज्ञात छ । 

थाई नागरिक नातापोङ पिन्ताको शव दक्षिणी गाजाको राफह क्षेत्रबाट भेटिएको इजरायलका रक्षामन्त्री इजरायल कट्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाले गाजामा बिशेष गरी उनको शव निकालेको हो । ती थाई नागरिक कृषि मजदुरका रुपमा दक्षिणी इजरायलमा कार्यरत थिए। सात जना थाई नगरिक त्यसबेला अपहरणमा परेकोमा पाँच जनालाई हमासले ६ महिनाअघि रिहा गरेको थियो। 

अपहरण गरिएको एक महिनाभित्रै ती थाई नागरिकको हत्या गरिएको हुनसक्ने इजरायली सैनिक अधिकारीले जनाएका छन् । 
यही सातामा इजरायली सेनाले इजरायली अमेरिकनको शव गाजामा भेटाएको थियो । 

७ अक्टोबर २०२३ मा हमास नेतृत्वको समूहले इजरायलमा आक्रमण गरी इजरायली सेनासहित विभिन्न देशका नागरिकलाई अपहरण गरेको थियो । त्यसरी अपहरण गरि बन्धक बनाइएकामध्ये केहीलाई रिहा गरिएकोमा कतिपयको शव भेटिएको थियो । नेपालका विपिन जोशी लगायत केहीको अवस्था अझै अज्ञात छ । 

२० महिनाअघि हमासले गरेको आक्रमणपछि इजरायल–प्यालेस्टाइन युद्ध चलिरेहको छ । जसमा ५४ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।