
१५औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २८ देखि ३० जेठसम्म हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले प्रतियोगिता तयारी सुरु गरेको छ । समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सञ्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरूलाई जिम्मेवारी दिएको छ ।
रनिङ सिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसुका प्रतियोगिता हुनेछन् । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङ सिल्डलाई भव्य रूपमा आयोजना गर्न परिषद्का सदस्यसचिव टंकलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरू केन्द्र तहको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिए ।
प्रत्येक प्रदेशबाट समान ४९ छात्रा र छात्र गरी सात प्रदेशबाट ६८६ जना खेलाडी र १७ जना अफिसियल सहभागी हुनेछन् । एथलेटिक्स र उसु दशरथ रंगशाला, कराँते र तेक्वान्दो सातदोबाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछन् ।