१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ११ आइतबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्टेलान्टिसको नेपालमा दोस्रो डिलरसिप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार ११:२३:oo

स्टेलान्टिसले नेपालमा दोस्रो डिलरसिपको उद्घाटन गरेको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गतको सहायक कम्पनी सांग्र्रिला मोटर्सले यो डिलरसिप सञ्चालन गर्नेछ । काठमाडौंको उत्तरढोकामा अवस्थित नयाँ प्रमुख सोरुममा विश्वप्रसिद्ध तीन ब्रान्डहरू–सिट्रोएन, लिप मोटर र प्युजोलाई एउटै छानामुनि प्रस्तुत गरिएको छ । नयाँ डिलरसिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्र्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरेका छिन् । 

उद्घाटन समारोहमा हजेलाले भने, ‘नेपाल हाम्रो अप्रेसन रणनीतिक बजार हो । हामी सांग्र्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौँ । यो नयाँ सोरुममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्रान्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।’ त्यस्तै कार्यक्रममा गोल्छाले भने, ‘यो नयाँ सोरुम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो । सिट्रोएन, लिपमोटर र प्युजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकका लागि प्रिमियम मोबिलिटी समाधानको एक मात्र गन्तव्य बन्नेछौँ भन्ने विश्वास लिएका छौँ ।’  

सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो, जसले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ । नेपालमा स्टेलान्टिस ब्रान्डको एक मात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।