
रातो मत्स्येन्द्रनाथको रथ पूजा तथा दर्शन गर्ने दर्शनार्थीको भिड लागेको छ । ललितपुरको थति टोलमा रहेको उक्त रथमा दिनभरि नै पूजा गर्न श्रद्धालुहरू जाने गर्दछन् । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएको रथजात्रा असार शुक्ल चौथीसम्म रहन्छ । करिब दुई महिनापछि रथलाई जावलाखेल लागेर भोटो देखाएर जात्रा समापन गर्ने परम्परा छ ।