Skip This
अञ्जिलाको कप्तानीमा थाइल्यान्डविरुद्ध खेल्ने टोली घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १८:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अञ्जिलाको कप्तानीमा थाइल्यान्डविरुद्ध खेल्ने टोली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १८:४७:oo

गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ।

शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अञ्जिलाको कप्तानीमा २३ सदस्यीय टोलीको नाम बुझाएका हुन्। यसअघि टोलीमा स्थान बनाएका सुस्मा तामाङ र मनमाया दमाईंले निरन्तरता पाएका छन्। टिममा कुनै पनि नयाँ खेलाडीले स्थान बनाएका छैनन्। 

नेपाली टिमको गोलकिपरमा कप्तान अञ्जिला, अञ्जना रानामगर र उषा नाथ छन्। रक्षापंक्तिमा अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया छन् भने मिडफिल्डरमा अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङले स्थान बनाए।

नेपाली टिमको स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्। कप्तान अञ्जिलासँगै रक्षक पूजा राना, स्ट्राइकरद्वय सावित्रा र रेखा विदेशी लिग खेलेर स्वदेश फर्किनेछन्।

नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ। नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीस्वरूप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदै छ। समूह ‘एफ’मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन्।