Skip This
महोत्तरीमा बहुपक्षीय नीति संवाद सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा बहुपक्षीय नीति संवाद सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १३:o७:oo

महोत्तरी सदरमुकाम जलेश्वरमा जिल्लाको मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र बर्दीबासमा नगरपालिकालक्षित बहुपक्षीय नीति संवाद सम्पन्न भएको छ । ओरेक नेपालको पाइलट प्रोजेक्टको रूपमा जिल्लाका तीन स्थानीय तहको सहभागितामा लैंगिक उत्तरदायी विपत् प्रतिकार्यको बजेट सुनिश्चितताका लागि सो बहुपक्षीय नीति संवाद गरिएको हो ।

युएनएफपिएको आर्थिक सहयोग तथा जलेश्वर नगरपालिकाको समन्वय र सहकार्यमा भएको सो संवाद कार्यक्रममा पालिकाको बजेट निर्माण गर्दा लैंगिक उत्तरदायी हुने गरी विपत् प्रतिकार्यमा बजेट सुनिश्चितता कसरी गर्ने भन्ने सन्दर्भमा चर्चा गरिएको हो ।

महोत्तरीको मटिहानी, जलेश्वर र बर्दीबासलगायतका विभिन्न पालिकाका जनप्रतिनिधि, युवा, महिला तथा महिलामैत्री सञ्जालसहितका सरोकारवाला संघसंस्था र सञ्चारकर्मीसमेतको सहभागितामा सो संवाद भएको हो ।

बारम्बार आइरहने प्राकृतिक विपतले स्थानीय संरचनाहरूलाई थप उत्तरदायी, समावेशी र समन्वयात्मक बनाउनु आवश्यक रहेकोमा विपत् व्यवस्थापनको अग्रपंक्तिमा रहेका महिलाहरूको सञ्जाल, सामुदायिक संगठनहरू र एलडिएमसीहरूबिच प्रभावकारी समन्वयको खाँचो पूर्ति गर्न संवाद प्रभावकारी भएको ओरेककी प्रदेश संयोजक बिना सिंहले बताइन् ।

महिलामैत्री सुरक्षित आवास, आपतकालीन स्वास्थ्य शिविर, यौन तथा लैंगिक हिंसा प्रतिकार्य सेवा तथा सामाजिक पुनर्स्थापनाका लागि आवश्यक बजेटीय व्यवस्था स्थानीय तहको नीति र योजना निर्माणमा समावेश होस् भन्ने उद्देश्य रहेको उनले बताइन् ।