Skip This
कालिकोटमा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कालिकोटमा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ। काम सम्पन्न नभएको अवस्थामा सम्पन्न भएको भनेर अनियमितता गरिएको आयोगको अभियोग छ। 

गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपाने, वडा नम्बर ९ का तत्कालीन अध्यक्ष टक्कबहादुर बम, तत्कालीन निमित्त प्रशासकीय अधिकृत राजबहादुर बम, इन्जिनियर खडानन्द रिजाल, सबइन्जिनियर विनोदकुमार बमविरुद्ध मुद्दा दायर भएको हो। त्यस्तै, गाउँपालिकाका तत्कालीन सहलेखापाल नन्दबहादुर शाही र कर्णाली नदी फेरि निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरजित रोकाय सचिव अंक विश्वकर्मा र कोषाध्यक्ष पर्दसिना बमलाई प्रतिवादी बनाइएको छ। उनीहरूले २५ लाख ६ हजार ५२ रुपैयाँ अनियमितता गरेको अभियोग छ । 

आर्थिक वर्ष ०७७/७८ मा यस्तो अनियमितता भएको आयोगले जनाएको छ। तत्कालीन उपाध्यक्ष न्यौपानेविरुद्ध यसअघि पनि आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकोमा पछि विशेष अदालतबाट सफाइ पाएकी थिइन्।